Monday 4th May 2026

पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन


दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल होशियार’ भन्दै नारा लगाएका युवाले केपी ओली जस्तो देशभक्त प्रधानमन्त्री अरु नभएको समेत बताए ।

‘पाँच वर्षीय स्थायी सरकार भनेर मतदान गरेका थियौं । बेमौसमी बाजा बजाएर ब्यक्तिगत स्वार्थ र कुर्सीका लागि अनिष्ट निम्त्याइरहेका छन्,’ प्रदर्शनमा रहेकी एक महिलाले भनिन्, ‘भारतीय दलालको पक्षमा लागेर, केपी ओलीको सरकारलाई कमजोर बनाइएको छ । भारतीय मिडियामा खुशीयाली मनाइएको छ ।’

विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी–विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए ।

पोखरामा बिहानैदेखि परेको झरीकाबीच पनि प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा बढी थिए । हिजो (बिहीबार) काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...