Tuesday 30th December 2025

नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना नयाँ संक्रमित, कुल संक्रमित १०७२८ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल २३३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १९३१९४ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ९४ लाख ९ हजार भन्दा बढि संक्रमित भइ ५० लाख ८४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ८१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...