Tuesday 14th July 2026

नेपाल सरकारद्वारा गत भदाै १४ गते पछिका सबै राजनीतिक नियुक्ति खारेज


बुधबार अबेर रातिसम्म चलेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा सरकारको पालामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबारको मन्त्रिपरिषद बैठकका बारे जानकारी दिँदै भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदिमा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवं मनोनयन खारेज गर्ने निर्णय गरिएको छ।’
यसअघि प्रतिपक्षीले विरोध गरेपछि फिर्ता लिइएको चिकित्सा शिक्षा विधेयक सरकारले पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषदले स्याङ्जामा रहेको १५ शैय्याको सामुदायीक अस्पतालको स्वामित्व ग्रहण गर्ने निर्णय पनि गरेको छ।
यस्तै नेपाल-चीन व्यापार पारवहन सम्झौताको ‘प्रोटोकल’ सम्बन्धी वार्तामा भाग लिई प्रोटोकलमा हस्ताक्षर गर्न टोली बेइजिङ पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।
मन्त्री बाँस्कोकोटाका अनुसार मन्त्रिपरिषदले निक्षेप सुरक्षणको सीमा वृद्धि गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने, मालपोतको सातौं संशोधन नियमावली २०७५ र सैनिक सेवा पहिलो संशोधन नियमावली २०७५ लाई स्वीकृत गर्ने र सञ्चार र अर्थ मन्त्रालयको केन्द्रमा रहने निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...