Friday 21st August 2026

कुवेतमा कोरोना संक्रमितको संख्या ३१,१३१ पुग्यो, मृत्यु हुनेको संख्या २५४


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०६, शनिवार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ४८७ जना सहित ३१,१३१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित २५४ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या ३१,१३१ जना मध्ये १९,२८२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा १,००५ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार ६७ जना भारतीय, १९५ जना कुवेती, ८१ जना इजिप्सियन र ४७ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस फर्वानिया क्षेत्रमा १५५ जना, हवालीमा ६९ जना, सिटीमा-४० जना, जाहारामा ८५ र अहमादीमा १३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित ३१,१३१ जना मध्ये ११,५९५ जना अस्पतालमा उपचाररत छन भने १८० जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,११,६२४ जनाको कोरोना परिक्षण गरिएको छ भने पछिल्लो २४ घन्टामा २,७२४ जनाको स्वाब परिक्षण गरिएको हो।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...