Saturday 10th October 2026

कविताः सपना बोकेर


सपना बोकेर
-राम भण्डारी

छुट्ने बेला आमाको हातले,
कपाल सुम्सुम्याउदै
बाबु “आफ्नो ख्याल गरेस है”भनेको ।

आफ्नो मुटु लाइ गाँठोपारी
आँसु पुछ्दै
प्राणप्यारीले हिक्क हिक्क गर्दै
हाम्रो पुन्टेको हात तानेको ।

ताजै छ मानसपटलमा,
देखुन्जेल बारीको डिलबाट हात हल्लाउँदै
“बा छिट्टै आउनुहोस् है” भन्दै गरेको ।

सपनीमा बर्बराउँछु रे
बृद्ध मेरी आमाको ख्यालमा
सम्झना मै डुबिरहन्छु आफ्नो गाउँ,
आफ्नै माटोको यादमा ।

हर प्रहर उनकै झझल्को, अनि हरेक दशैंमा
आमा “यसपाली टिका थाप्न आउला है” भनेको ।

समय पनि कति तन्कि तन्कि
कति लामो लामो भएको
उफ्! यो मरुभूमिमा मुटु छुने चिसो रातहरु
दिन अागोको फिलुङ्गा जस्तै ।

बितेर गए सारा जवानी अनि जोसहरु
यहिँ परदेशमै बस्दा बस्दै
सपना पनि राम्रो छैन मेरो
कोही आईरहन्छ कालो लामो केसमा
हुनसक्छ अनिष्ट निम्तिदै छ कि कसो यो
हाम्रै परिवेशमा ।

केहिदिनमै फर्किने निधो थियो,
सिमा नै थिएन खुसीको
मेरो खुशी क्षणभरमै मेटियो,
सुनेन पुकार यो दुःखीको ।

सुरु भैसकेछ त्यो अनिष्ट,
कोभिड-१९ भन्ने माहामारीको भेषमा
सुन्छु गाउँमा पनि कहर छ
ठुलो त्रास सहित समग्र प्यारो देशमा ।

हत्तारो छ टेक्न मेरो माटोमा,
जुटेर कोभिड बिरुद्ध सबैको साथमा
ईच्छा मेरीआमाको काखमा माथ राखी
पियारी समेत भै चुमेर पुन्टेको हातमा ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...