Wednesday 28th October 2026

लिबियाको ऊर्जा पूर्वाधारमा ड्रोन हमला, विद्युत् सेवा प्रभावित


लिबियाको पश्चिमी सहर जाविया मा ऊर्जा पूर्वाधारमाथि लगातार पाँचौं दिन पनि ड्रोन आक्रमण जारी रहेपछि सहरका दक्षिणी क्षेत्रहरूमा व्यापक विद्युत् कटौती भएको छ। लिबियाको सरकारी विद्युत् कम्पनी जनरल इलेक्ट्रिसिटी कम्पनी अफ लिबिया (GECOL) ले जाविया विद्युत् केन्द्रमा बारम्बार आक्रमण हुँदा गम्भीर क्षति पुगेको जनाएको छ।ड्रोन आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले सार्वजनिक रूपमा लिएको छैन।

अधिकारीहरूका अनुसार आक्रमणका कारण विद्युत् उत्पादन र वितरण प्रणाली प्रभावित भएको छ, जसले हजारौं घरपरिवार तथा व्यवसायलाई असर पारेको छ।

यसैबीच, जावियामा रहेको लिबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र (रिफाइनरी) पनि हालैका दिनहरूमा आक्रमणको निशानामा परेको छ। ती आक्रमणपछि रिफाइनरी क्षेत्रमा ठूलो आगलागी भएको बताइएको छ, जसले देशको ऊर्जा आपूर्ति र आर्थिक गतिविधिमा थप दबाब सिर्जना गरेको छ।

यसअघि पनि जावियाको तेल रिफाइनरीमा ड्रोन आक्रमण हुँदा ठूलो आगलागी भएको थियो। राष्ट्रिय तेल निगम (NOC) ले तेल भण्डारण ट्यांकी तथा अन्य संरचनाहरूलाई बारम्बार निशाना बनाइएको जनाएको छ।

विश्लेषकहरूका अनुसार ऊर्जा पूर्वाधारमाथिको यस्तो निरन्तर हमला लिबियाको सुरक्षा अवस्था तथा आर्थिक स्थायित्वका लागि गम्भीर चुनौती बन्न सक्छ। तेल तथा विद्युत् क्षेत्र देशको अर्थतन्त्रका प्रमुख आधार भएकाले दीर्घकालीन क्षतिले राष्ट्रिय उत्पादन र जनजीवनमा व्यापक प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...