Thursday 12th November 2026

प्रधानमन्त्री बालेन शाहको चिनियाँ राजदूतसँग सिंहदरबारमा भेटवार्ता


प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ। दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा साझा चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।

प्रधानमन्त्री शाहले आज नै भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवसँग पनि छुट्टै भेटवार्ता गरेका थिए। छिमेकी मुलुकहरूसँगको सम्बन्ध, आर्थिक कूटनीति तथा द्विपक्षीय सहकार्यलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राजदूतहरूसँग संवाद अघि बढाएको जनाइएको छ।

प्रधानमन्त्री बनेपछि विदेशी कूटनीतिक अधिकारीहरूसँग प्रत्यक्ष भेटघाटलाई सीमित गर्दै आएका शाहले हाल पुनः कूटनीतिक संवादलाई सक्रिय बनाएको देखिएको छ। सोमबार भएको भेटवार्तालाई नेपालका प्रमुख छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

यस भेटले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन तथा विकास, व्यापार र आपसी सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाबारे छलफलको वातावरण सिर्जना गरेको अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका…

भाइटीकालाई भारतमा मनाइने रक्षाबन्धनकै अर्को रूप भन्ने गरिएको सुनिन्छ। यसमा केही समानता अवश्य छन्, तर यी दुई पर्व पूर्णतः एउटै…

प्रतिकृयाहरू
...