Friday 26th December 2025

पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान दुर्घटना


तितोपाटी – पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ । ९१ जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानका सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् ।

सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ । दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन् । एजेन्सी


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...