Saturday 27th December 2025

नेपालमा कोभिड-19 का बिरामी २४९ पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार दिएको जानकारी अनुसार काठमाण्डाैंका २ जना, धादिङका १ जना, धनुषाका १ जना, नवलपरासीका  १ जना   र  कपिलबस्तुका १ जनामा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमितहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैं र भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको हो ।

मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो।

अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिले सम्म ४५ लाख भन्दा बढी कोरोना सक्रमित भएका छन्, १७ लाख ७ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरेका र ३ लाख  ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने नेपालमा अहिले सम्म कोरोना भाइरसको कारण ज्यान गएको छैन ।


सम्बन्धित शीर्षकहरु

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

प्रतिकृयाहरू
...