Saturday 27th December 2025

नेपालमा थप २६ जनामा कोरोना, संक्रमितको कुल संख्या २१७ पुग्यो


तितोपाटी – नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको छ ।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो। मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो।

विश्वभर महामारीको रूप लिइहेको कोरोना भाइरसको कारण ४३ लाख मानिस संक्रमित भएका, २ लाख ९२ हजार बढिको ज्याइ गइसकेको र १६ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरि सकेका छन् भने कोरोनाको कारण नेपालमा चाहिँ अहिले सम्म १ जनाको पनि ज्यान गएको छैन ।

 

 


सम्बन्धित शीर्षकहरु

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

प्रतिकृयाहरू
...