Monday 13th April 2026

नेपालमा थप २६ जनामा कोरोना, संक्रमितको कुल संख्या २१७ पुग्यो


तितोपाटी – नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको छ ।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो। मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो।

विश्वभर महामारीको रूप लिइहेको कोरोना भाइरसको कारण ४३ लाख मानिस संक्रमित भएका, २ लाख ९२ हजार बढिको ज्याइ गइसकेको र १६ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरि सकेका छन् भने कोरोनाको कारण नेपालमा चाहिँ अहिले सम्म १ जनाको पनि ज्यान गएको छैन ।

 

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...