Monday 22nd December 2025

कुवेतमा आज मात्रै पनि ९९१ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका छन।मेई ०३ तारिक सम्म ८४ जना नेपालीहरु संक्रमित भए पनि त्यस पछि भने सबै संक्रमितको राष्ट्रियता खुलाइएको छैन।यसै गरि पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १९४ जनाले स्वास्थ्य लाभ गरेका छन।
पछिल्लो २४ घन्टामा संक्रमित हुनेहरुमा कुवेतको क्यापिटल सिटिबाट ११६ जना,हवालीबाट २१९ जना,अमादीबाट २३७ जना,फर्वानियाबाट ३५६ जना र जहाराबाट ६३ रहेको जनाइएको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा १०२७७ संक्रमित मध्ये १५८ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ३१०१ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...