Thursday 6th February 2025

कुवेतमा आज सम्म ९२८६ जनामा कोरोना संक्रमण,६५ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-११तारिक सोमबार सम्म ९२८६ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ५९८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ७९ जना कुवेती, १५९ जना भारतिय, १४० इजिप्सियन, ८७ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका छन।मेई ०३ तारिक सम्म ८४ जना नेपालीहरु संक्रमित भए पनि त्यस पछि भने सबै संक्रमितको राष्ट्रियता खुलाइएको छैन।यसै गरि पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १७८ जनाले स्वास्थ्य लाभ गरेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ९२८६ संक्रमित मध्ये १३१ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म २९०७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...