Friday 15th May 2026

कुवेतमा आज सम्म ९२८६ जनामा कोरोना संक्रमण,६५ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-११तारिक सोमबार सम्म ९२८६ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ५९८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ७९ जना कुवेती, १५९ जना भारतिय, १४० इजिप्सियन, ८७ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका छन।मेई ०३ तारिक सम्म ८४ जना नेपालीहरु संक्रमित भए पनि त्यस पछि भने सबै संक्रमितको राष्ट्रियता खुलाइएको छैन।यसै गरि पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १७८ जनाले स्वास्थ्य लाभ गरेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ९२८६ संक्रमित मध्ये १३१ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म २९०७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...