Friday 21st August 2026

कोरोना अपडेटः सप्तरीमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १२१ पुग्यो


तितोपाटी – सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वभरमा अहिले सम्म ४२ लाख भन्दा बढी संक्रमित भएका छन् भने १५ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेको यो रोगबाट अहिले सम्म २ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...