Tuesday 23rd September 2025

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो


तितोपाटी – नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने  ३३ जना निको भएर घर फर्किइसकेका छन् ।

सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि गरेको हो । मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० रहेको र उनीहरू कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका भएको उल्लेख छ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको र उनीहरूको अवस्था सामान्य रहेको तथा उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...