Tuesday 10th March 2026

जहाँ छस त्यहि बस


तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ? मरे मर बाँचे बाँच हामीलाई मतलब छैन अन्तत यसको यहि सिधा अर्थ हुन्छ ?

विश्वभरी कोरोनाको कहर बढदै गएको फेव्रवरी देखि हो । मार्चको पहिलो साता सम्म दुनियाले यसलाई सामान्य रुपमा लिदै थिए । अब यो भयावह भईसकेको छ । विदेशबाट नेपालीहरुलाई आउन दियो भने नेपाल नै सिद्धिएला भन्ने सरकारको प्रचार शैली देखिन्छ । यो चिन्तासँग सहमत भएर नै हो नेपालीहरु जो जहाँ छन त्यही बसिरहेका छन । यसरी बसेको पनि दुई महिना वितिसक्यो । अब कहिले सम्म बस्न पर्ने हो ? कहिले बाट कोभिड ले दुनियालाई छाड्ने हो कसैलाई थाहा छैन । अनि अनन्तकालसम्म विदेशमा बसेका नेपाली त्यही बसिरहन पर्छ भन्ने सरकारको आग्रह हो की कुनै तयारी पनि चल्दैछ ? हेर्दा हेर्दै करिब सय भन्दा धेरै नेपालीहरुले विदेशमा ज्यान गुमाईसकेका छन । हजारौ को संख्यामा संक्रमित छन । दिनहु यो क्रम बढदो छ ।

त्यसो त नेपालमा मरिन्दैन भन्ने होईन तर अर्काको देशमा मर्नु र आफ्नो देशमा मर्नुको फरक पनि त होला । विदशमा कोभिड संक्रमण बाट जोगिन भन्दा आफ्नो गाउँघरमा अलिक सजिलो पनि होला । घरमा गएर, गाउँ शहरमा फैलाएर नेपाल सिद्धयाई दिउ भन्ने त कोही पनि विदेशमा रहेका नेपालीमा त्यस्तो पाप बसेको छैन । त्यो चेतनासहित नै नेपालमा आउने होलान । त्यो सजगता सहित घरमा भित्रने होलान । यस हिसावले सरकारले सोचिदिए कस्तो हुन्थ्यो । त्यस हिसावको तयारी गर्दै थोरै थोरै भए पनि पालै पालो लाने कार्ययोजना देखाई दिए पनि त्यो स्वदेश पुग्ने आशाले विदेशमा बस्नेहरुको मनोवल बढने थियो । तर अहँ केही सकरात्मक सन्देश आउदैन । आफ्नो देशको क्षमताको कुरा सरकारले गर्दछ । नागरिकको जीवन भन्दा धेरै महत्व अरु केही होईन भनेर बुझिदिए क्षमता आफ्ै तयार हुन्छ । भनिन्छ प्रसव वेदना आमालाई मात्र थाहा हुन्छ । के भईरहेको छ विदेशमा हुनेहरुको पिडा त्यो भोग्नेलाई मात्र थाहा छ सरकारले त्यो थाहा पाओस कसरी ?

अब कोभिडसँग डराएर होईन उ सँग सँगै लडेर बाँच्ने कार्यक्रम आउनु पर्दछ । यसको उपचार नै नभए पछि अरु उपाय पनि छैन । भोकले मर्ने र शोकले मर्ने भन्दा लडेरै मर्ने साहास भर्न पर्दछ । कोरोना लाग्ने वित्तिकै मरिन्छ भन्ने छैन । उसले कसलाई जिउने ईजाजत दिन्छ त्यसको लागि हो यो संसार जसलाई दिदैन मृत्यु स्वीकार गर्नुको विकल्प हुदैन । त्यसमा सबै जानकार छन । हामी विदेशमा रहने हरुलाई कोभिडको भन्दा धेरै डर बेरोजगारी भएर कसरी बाँच्न भन्ने भईसक्यो । परिवारसँग टाढिएर दुवैतिर बढेको चिन्ताले दिन, साता, महिनाहरु कसरी विताउने अनि कहिलेसम्म भन्ने प्रश्नको उत्तर खोज्न गाहो भईसक्यो । विदेशमा अर्काको आदेशमा काम गर्न पाउँदा पनि नपाउँदा पनि जोगिनलाई गाहो भईसक्यो । भाग्न र लुक्न नसक्ने ठाउँमा रहेर एक्लै बाँच्न पर्दाको अप्ठायारो र पीडाले नसताएको कुन श्रमिक होला ? यहाँ त चिन्ताले आयु सिद्धिने दिन आईसक्यो ।

कोभिड को भ्याक्सिन नबने सम्म जो जहाँ छौ त्यही बस भनेको हो सरकारले ? त्यसो हो भने त्यसको ग्यारेन्टी के छ ? कहिले सम्म बन्छ ? कोही भन्न सक्छ ? अहिले त्यस विरुद्धको खोपमा भईरहेका ट्रायलहरु सफल हुन्छन भन्ने कुनै ग्यारेन्टी छर ? भनिन्छ सन २०२४ सम्म यो समस्या रहिरहन्छ ।

सरकारले दुतावाससँग कुरा गरेको छु भनेर थुमथुम्याउनु को कुनै अर्थ छैन । एक छाक खान र एक साँझ बस्न दिने हैसियतमा कुनै नेपाली नियोगहरु छैनन । देशको अर्थ व्यवस्थाले यहाँ पैसा पठाएर आफ्ना नागरिक पाल्ने सरकारको सामथ्र्य पनि छैन । जति ढिला गरयो त्यति समस्या थपिने हो । यसर्थ अब जो जहाँ छस त्यही बस भन्ने कुरा सुन्न छैन हामीलाई । जो आउन चाहान्छौ अप्ठयारामा छौ दुतावासमा त्यसको लगत देउ । रजिष्ट्रर्ड हौ भनेर सरकारले भन्न सक्नु पर्दछ । त्यस अनुसारको क्वारेन्टाईनको तयारी के भईरहेको छ जानकारी दिन थाल्नु पर्दछ । विदेशी राष्ट्रहरुले तेरो नागरिक लैजाउ भनेका दिन यी सवै कुरा सोचेर हुदैन ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...