Thursday 25th December 2025

नेपालगन्जमा एकैदिन १५ जनामा देखियो कोरोना


तितोपाटी – आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन्।

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।

शनिबार नेपालगञ्ज उपमहानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरिएको थियो।

तीमध्ये १५ जनामा आज कोरोना पोजेटिभ देखिएको हो। केहीको रिपोर्ट आउन बाँकी छ।
सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...