Monday 15th September 2025

कोरोना विरुद्धको भ्याक्सिन सेप्टेम्बर सम्ममा १० लाख डोज तयार हुने


तोयानाथ उपेक्षित, व्रिटिस बैज्ञानिकहरुले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनमा लागेका छन । उनीहरुका अनुसार उक्त भ्याक्सिन सेप्टेम्बर सम्ममा १० लाख डोज तयार हुनेछ ।
अक्सफोर्ड युनिभरसिटीमा कार्यरत बैज्ञानिकहरुले आउदो साताबाट कोभिड १९ विरुद्धको खोप निर्माणको कार्यको थालनी गर्दैछन । उक्त खोपको परिक्षण सँगसँगै त्यसको उत्पादन पनि शुरु गर्न लागिएको बताईन्छ । अक्सफोर्ड विश्वविधालयको जेनर ईन्टिच्युटका निर्देशक प्रोफेसर एड्रियन हिल भन्छन उत्पादित खोपको प्रभाव कस्तो हुन्छ भनेर पर्खने जोखिम मोल्ने समय छैन । त्यसो गर्दा अरु केही महिना ढिलो हुन जान्छ । उनले स्काई न्युज सँग कुरा गर्दै भने यदि भ्याक्सिन फेल भयो भने कसैले पनि यो खोप लिदैनन । हामीलाई विश्वास छ यसले काम गर्नेछ । यो एक अहम सवाल हो तर असम्भव होईन ।

अक्सफोर्ड बैज्ञानिकहरुको टिम ले भनेको छ निर्माणाधिन भ्याक्सिनमा सफलताको चान्स ८० प्रतिशत छ । ट्रायल को सुखद परिणाम आउनसाथ यो हजारौ लाखौ खुराक पनि तयार भईसकेको हुनेछ । उनीहरुका अनुसार उक्त भ्याक्सिनलाई ChAdOx1 nCoV-19 नाम दिईएको छ जुन चिम्पान्जी भाईरसको अनुवंशिक विधीबाट तयार गरिन लागिएको हो जुन कोरोना भाईरसको भाग नै हो । जसको प्रयोग पहिले नै अन्य विमारीका लागि प्रतिरक्षा प्रणाली विकाशसमा बरदान सावित भईसकेको हो । यस भ्याक्सिनको साईड एफेक्ट नहुने भएकाले गर्दा यसको प्रयोगमा ढिलाई गर्ने कारण नभएको बैज्ञानिकहरुको ठम्याई छ ।


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

संसद् विघटनको निर्णयलाई लिएर नेपाली राजनीति फेरि तनावपूर्ण बनेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले…

प्रतिकृयाहरू
...