Wednesday 19th August 2026

नेपाली समाज कुवेतद्वारा प्रेस बिज्ञप्ति जारी


तितोपाटी- नेपाली समाज कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित प्रेस विज्ञप्ति जारी गरेको छ।

कुवेत सरकारले हालै यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।

कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा रहेको र कुवेत सरकारद्वारा जारी आममाफी बारेमा नेपाल सरकार तथा सम्बन्धित निकाय मौन रहेको बेला यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको देखिन्छ ।

यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना जाँच पश्चात MOH कुवेतले ,तोकेको मापदन्ड अनुसार संक्रमित रहेका हरूलाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाइ स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवेत सरकारले सुवर्ण अवसर प्रदान गरेको छ।

प्रेस विज्ञप्ति जस्ताको त्यस्तै हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...