Sunday 1st November 2026

नेपाली समाज कुवेतद्वारा प्रेस बिज्ञप्ति जारी


तितोपाटी- नेपाली समाज कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित प्रेस विज्ञप्ति जारी गरेको छ।

कुवेत सरकारले हालै यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।

कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा रहेको र कुवेत सरकारद्वारा जारी आममाफी बारेमा नेपाल सरकार तथा सम्बन्धित निकाय मौन रहेको बेला यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको देखिन्छ ।

यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना जाँच पश्चात MOH कुवेतले ,तोकेको मापदन्ड अनुसार संक्रमित रहेका हरूलाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाइ स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवेत सरकारले सुवर्ण अवसर प्रदान गरेको छ।

प्रेस विज्ञप्ति जस्ताको त्यस्तै हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...