Thursday 2nd April 2026

कोरोना भाईरसलाई धन्यवाद


अनुवाद – तोयानाथ उपेक्षित, यो एउटा घटना बाहेक पुरै दुनियामा अरु कुनै मुद्धा छैन । यो यस्तो प्रकोप जो दुनियाँको हरेक ठाउँमा कसैले अपेक्षा नगरेको असाधारण गतिमा फैलिरहेको छ । शुरुमा दुनियाँका केही देशका बरिष्ठ व्याक्तिहरुले समेत खुशी नै व्यक्त गरेका थिए । जो चीन र ईरानलाई मन पराउदैनथे । जति बेला यी देशहरुमा भाईरस फैलिरहेको थियो र मृत्युदर पनि काफी थियो ।

भलै भनिन्छ भगवान ले “ढिलो गर्दछन तर उपेक्षा गर्दैनन” भने झै भाईरस यति तिब्र गतिमा फैलियो जो चीन र ईरानको अवस्था देखेर आनन्दित थिए । त्यहाँ पनि अहिले भाईरसको महामारी छ । मिश्र भाईहरुको भाषामा भन्दा “एक जना अर्को भन्दा राम्रो हुदैन” । अर्थात “म भन्दा तिमी राम्रो छैनौ” । दैविक दुर्भाग्य आपत विपत हुदा आनन्दित हुने र अर्कोलाई प्रभावित पार्नु मानिसका लागि अस्वीकार्य र घृणीत कार्य हो । बास्तवमा यो एउटा राम्रो मानिसको स्वभाव पनि होईन । कुवेत त्यस्ता देश जसले चीन, ईरान, सिरिया, ईराक र अन्य देशलाई अप्ठयारामा परेका बेला सहयोग गर्ने गरेको छ । यस्तो मन र भावको लागि भगवानसँग प्राथना गर्दछौ । यो नै मानवियताको लागि एकताको उदाहरण हो ।

लेखको मुख्य आशयतिर फर्कौ, यस भाईरसका लागि मेरो अजिब धन्यवाद ! दुनियाँभरका हरप्राणी अहिले उपरवालासँग छिटो भन्दा छिटो बचाउ भनेर प्राथना गरिरहेका छन । तर पनि म यस भाईरसलाई धन्यवाद भन्ने विराधाभाषी कुरा गर्दैछु । यद्यपी कुवेत जस्तो देश पनि कोरोना भाईरस सँग लडन अभूतपूर्व प्रक्रिया र प्रयत्न गरिरहेको छ । यसका लागि अनेकौ देश मध्ये कुवेतको प्रयास शिर्ष स्थानमा छ ।

हामीले भ्रष्टचारको सुचांकलाई घटायौ जुन समस्या जीवनको हरेक पहलुमा बृद्धी भएको थियो । तेलको मुल्यमा गिरावट आएको अवस्था थियो जब की हाम्रो अर्थतन्त्रको ९० प्रतिशत आम्दानी कच्चा तेल नै हो । हाम्रो राज्यको अर्थतन्त्र बाट पनि अरबौको खर्च भईरहेको कारणले अवस्था खस्कदो थियो । यत्रो खर्च हाम्रो विकाशको विलमा भन्दा धेरै नागरिकको खुशीका लागि, उनीहरुको सुविधा र तलब का लागि भईरहेको थियो । नयाँ कर्मचारी नियुक्तीमा, विभाग र एजेन्सीका भौतिक सुविधा बढाउनेमा, सांप्रदायिकता र सदभावको कायम राख्नेमा, विभिन्न एजेन्सी, नबी, राजघरनामा हामीले खर्च गर्न कन्जुस्याई गरेनौ ।

हामीले विश्व स्थितीमा जहाँ को अवस्था विग्रिएको छ । जहाँ असफलता र पिछौडापनले गाँजेको छ , आफ्नै भाईहरुका बीचमा समस्या छ । त्यहाँ हामीले सहयोग नै गरयौं, कसैको कुभलो चिताएनौ । जुन अवस्था दुनियाँमा पहिले कहिले पनि भईरहेको थिएन । हो यहि कारण हो की हामीले कोरोना भाईरसको मुकाविला गर्नमा शिर्ष स्थानको लागि उत्साहित छौ । यसकारण मैले कोरोना भाईरसलाई दिल भित्रै बाट धन्यवाद भनेकोमा मलाई दोष नलगाउनुस ।
स्रोत – By ALi Ahmed Al-Baghli, Former minister of oil, Arab times


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...