Monday 15th September 2025

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)


तितोपाटी — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताए।

कान्तिपुरबाट साभार


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

संसद् विघटनको निर्णयलाई लिएर नेपाली राजनीति फेरि तनावपूर्ण बनेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले…

प्रतिकृयाहरू
...