Tuesday 14th July 2026

गगन थापालार्इ १४ करोड घुस लिएको अारोप लाग्यो


तितोपाटी – झापास्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् । रिर्पोटर्स क्लब नेपालमा आइतवार आयोजित साक्षात्कारमा उनले यस्तो भनेका हुन् ।

‘दुईतिहाइ सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाइदा लिँदैछन्’, उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माइतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् त ?’

प्रसाई नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाविरुद्ध कडारुपमा प्रस्तुत भए । ‘होला, गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ’, उनले भने, ‘मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होइन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढीलाई रोजगार दिएको छु, नेपाल मेडिसिटी अस्पताल हाम्रो प्रतिस्पर्धामा आएको छ, नभए नेपालमा हाम्रो जति सुविधा भएको अर्को निजी मेडिकल कलेज छैन, हामीलाई समेत किन माफिया भनिँदैछ ?’

प्रसाईले गगन थापाले स्वास्थ्यमन्त्री हुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर कुलपति नियुक्त गरेको गम्भीर आरोप पनि लगाएका छन् ।

‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टी मात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफिया भनेर बोलेकोले नै पुष्टि हुन्छ’, उनले भने, ‘तर, हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्त गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ ।’

तत्कालिन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाई मात्रै थाहा हुन्छ, तर हामीलाई सूचना छ ।’

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिस्ट मिल्नुपर्छ भनेर दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको बताए । त्यसका लागि पहल पनि लिएको सुनाउँदै प्रसाईले भने, ‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदा पनि खै के कसौंडीको भाँडोमा खै चामलको भात खुवायो भनेर मलाई माफिया भनेछन, हिजो गणतन्त्र ल्याउन लड्ने म पनि हुँ ।’ उनले आफूले दुई पार्टी मिलाएर के देशद्रोह गरें त भन्दै उल्टै प्रश्न समेत गरे ।

https://www.youtube.com/watch?v=COjZXxf9pxU


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...