Friday 7th August 2026

अमेरिकाको सबै राज्यमा फैलियो कोरोना भाइरसको संक्रमण


तितोपाटी – अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको  छ।

मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्।

राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन् भने १०५ जनाको ज्यान गइसकेको छ।

यसैगरी संसारभर करिब २ लाख संक्रमण पुष्टि भइसकेका छन् भने करिब ८ हजार जनाको ज्यान गइसकेको छ।

सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...