Monday 10th November 2025

काेराेना विरुद्धकाे पहिलाे खाेप ४३ वर्षीया महिलालाई


तिताेपाटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो ।

यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनिन् ।

विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धान गरिरहेका छन् ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ । परीक्षण गर्न लागिएको खोपलाई mRNA-1273 को नाम दिइएको छ ।

उज्यालाे अनलाइनबाट साभार


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

प्रतिकृयाहरू
...