Wednesday 24th December 2025

सतुङ्गल र कपनबाट १० लाख थान मास्क बरामद


तिताेपाटी – प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ ।

बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेकाे जानकारी दिनुभयाे ।

सिल गरिएको गोदामबाट आइतबार र साेमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो ।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीकाे भनाइ छ ।

प्रहरीले शनिबार काठमाण्डौको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

साभार – उज्यालाे अनलाइन


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...