Tuesday 20th October 2026

कोरोना भाइरसले भारतमा ज्यान गुमाउनेकाे संख्या दुई पुग्याे


तिताेपाटी – भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ ।

गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी  भारत‍मा काेराेना संक्रमणबाट ज्यान गुमाउने पहिलाे व्यक्ति थिए ।

भारतमा संक्रमितको संख्या ८२

भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । यसैबीच भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । मार्च १५ अर्थात भोलिदेखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।

उज्यालाे अनलाइनबाट साभार


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...