Friday 19th June 2026

एमसिसीमा हस्ताक्षर नगर्ने श्रीलङ्काली सरकारको निर्णय, नेपालले के गर्ला ?


अमेरिका सम्बद्ध मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपामा मतान्तर देखिएका बेला अर्को दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले एमसिसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ ।

श्रीलङ्काको ‘डेली मिरर’काे अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारअनुसार एमसिसी अध्ययनकालागि गठन गरिएको विज्ञ समूहको सिफारिसपछि हस्ताक्षर नगर्ने निर्णयमा पुगेको हो ।

मन्त्रिपरिषद्का प्रवक्तालाई उद्धृत गर्दै डेली मिररले के पनि उल्लेख गरेको छ भने, ‘एमसिसी त्यहाँको संविधान अनुकूल छैन र श्रीङ्काको सुरक्षा चासोलाई समेत मध्यनजर गर्दै एमसिसी समझदारीमा हस्ताक्षर नगर्ने निर्णयमा सरकार पुगेको हो ।’

यद्यपी, एमसिसी संसोधनका विषयमा अमेरिकासँग छलफलका लागि श्रीलङ्का सरकारले तयारी गरेको पनि सरकारका प्रवक्ताले उल्लेख गरेको अनलाइनमा उल्लेख छ ।

नेपालले भने एमसीसी समझदारीमा यसअघि नै हस्ताक्षर गरिसकेको छ । तर, त्यसलाई संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा दुबै सदनमा बहुमतमा रहेको सत्तारुढ नेकपामा विवाद छ ।

यस सम्बन्धमा निर्णयका लागि सत्तारुढ नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले ९ फागुनमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको सुझाव सार्वजनिक नभए पनि संयोजक खनालले जस्ताको तस्तै एमसिसी पारित गर्न नसकिने धारणा सार्वजनिक गर्दै आएका छन् ।

अनुमोदनका लागि संसदमा दर्ता भइसकेको एमसिसी जस्ताको तस्तै पारित गर्न नहुने मत नेकपामा बलशाली बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली समेत अप्ठेरोमा परेका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...