Thursday 20th August 2026

इजिफ्टका पुर्वराष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन


तितोपाटी – इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षको उमेरमा मंगलबार उनको कायरोमा निधन भएको हो । सन १९८१ देखि २०११ सम्म ३० वर्ष राष्ट्रपति तथा सेना प्रमुख भएर इजिफ्टमा साशन गरेका मुबारक मुबारक चार पटकसम्म सन् १९८८, १९९३, १९९९ र २००५ मा लगातार बहुमतले राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

मंगलबार इजिप्टको सरकारी समाचार एजेन्सीले उनको गला सैनिक अस्पतालमा निधन भएको पुष्टि गरेको छ ।

लामो समयदेखि बिरामी रहेका मुबारकको जनवरीको अन्तिम साता शल्यक्रिया गरिएको थियो । शनिबार स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको मुबारकका छोरा आलाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...