Thursday 20th August 2026

कोरोनाले अस्पतालका निर्देशकलाइ पनि खायो, मृतकको संख्या १९०० को नजिक


तितोपाटी – कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यो प्रकोपबाट अहिले सम्म चीनमा मात्र १८७२ जनाको ज्यान गएको छ भने चीन बाहेक जापानमा १ जना, फिलिपिन्समा १ जना, ताइवानमा १ जना र फ्रान्समा १ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ११७४१ जना गम्भिर बिरामी छन् भने १३००३ जना उपचार पश्चात सन्चो भएर घर फर्किएका छन् ।  गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने संसारभरमा ७३ हजार ४ सय ३७ जना संक्रमित भैसकेका छन् । चीन पछि सबै भन्दा धेरै जापानमा ६१९ जना कोरोनाका संक्रमित भेटिएका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...