Tuesday 16th September 2025

कोरोनाले अस्पतालका निर्देशकलाइ पनि खायो, मृतकको संख्या १९०० को नजिक


तितोपाटी – कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यो प्रकोपबाट अहिले सम्म चीनमा मात्र १८७२ जनाको ज्यान गएको छ भने चीन बाहेक जापानमा १ जना, फिलिपिन्समा १ जना, ताइवानमा १ जना र फ्रान्समा १ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ११७४१ जना गम्भिर बिरामी छन् भने १३००३ जना उपचार पश्चात सन्चो भएर घर फर्किएका छन् ।  गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने संसारभरमा ७३ हजार ४ सय ३७ जना संक्रमित भैसकेका छन् । चीन पछि सबै भन्दा धेरै जापानमा ६१९ जना कोरोनाका संक्रमित भेटिएका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

काठमाडौं: एक पूर्व डीजे र उनको अज्ञात नेपाली गैर-नाफामुखी संस्थाले भिडियो गेमरहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल एप प्रयोग गरेर विशाल विरोध…

प्रतिकृयाहरू
...