Tuesday 15th September 2026

अमेरिकाविरुद्ध नेपाल ३५ रनले विजयी


तितोपाटी- आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालद्वार अमेरिका पराजित भएको छ ।

लिग–२ मा नेपालको पहिलो जित भएको हो । शनिबार कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले अमेरिकालालाई ३५ रनले हराएको हो । खेलमा नेपालका खेलाडी कुशल मल्लले ब्याटिङतर्फ विश्व रेकर्ड राखेका छन् । उनले अर्धशतक बनाउँदै सबैभन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व रेकर्ड राखेका हुन् । नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खराब सुरुवात गरेको होलाण्डले १ सय ११ बलमा ७ चौकासहित ७५ रन बनाए । यस्तै क्यामरुन स्टेभेनसनले १९ रन जोड्दा कारिमा गोरेले १० रन बनाए । नेपालका करण केसीले ४ विकेट लिए । यस्तै सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...