Tuesday 16th December 2025

चीनमा सडक दुर्घटना हुँदा १८ को मृत्यु , १४ घाइते


तितोपाटी – चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।

स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो ।

तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।

घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...