Monday 9th June 2025

कुबेतमा पहिलो पटक “काब्य प्रवाह शृङ्खला” हुदै


तितोपाटी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबार कुबेत मै पहिलो पटक “काब्य प्रवाह शृङ्खला” गर्ने भएको छ । च्याप्टरले बेला बेलामा बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरि साहित्यिक खुराक कुबेतबासी नेपालीहरु माझ पस्किदै आएको छ । यसै मेसोमा “काब्य प्रवाह शृङ्खला” पस्किएर कुबेतमा कार्यरत नेपालीहरुलाई साहित्यिक स्वाद चखाउन लागेको प्रसाद तिम्सेनाले तितोपाटीलाई जानकारी गराएका छन ।

“काब्य प्रवाह शृङ्खला” को भाग १ फेब्रुअरी १४ बाट शुरु गर्न लागिएकोछ ।  यस लाई नियमित गर्दै १०० औ भाग सम्म पुर्याउने कुबेत च्याप्टरले लक्ष्य लिएको तिम्सेनाले बताए । पहिलो पटक आयोजना गर्न लागिएको “काब्य प्रवाह शृङ्खला” मा कुबेत कै नेपाली समाजमा आफ्ना गजल बाचनबाट तारिफ पाईरहेका गजलकारहरु अम्बर खड्का, प्रेम कटुवाल, हिमाल अन्जान र कुमारी चेमजोङ्गले आफ्ना गजल बाचन गर्नेछन ।

उक्त “काब्य प्रवाह शृङ्खला” मा उपस्थितिको लागि सम्पूर्ण साहित्यिक मनहरु, साहित्यकार, समाज सेवी बुदीजीबी पत्रकार लगायत सबैलाई आयोजक अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले अनुरोध समेत अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः

मिति:-२०२० फेब्रुअरी १४ तारिख शुक्रबार
समय: दिनको ठिक २ बजे
कार्यक्रम हुने स्थान:-द नेपा:फुडल्याण्ड फ्याम्ली रेस्टुरेन्ट, जिलिब
आयोजक: अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टर


सम्बन्धित शीर्षकहरु

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६…

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

प्रतिकृयाहरू
...