Friday 16th January 2026

समाजवादीले छाड्यो सरकार, दुवै मन्त्रीले दिए राजीनामा


तितोपाटी-समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ।

मंगलबार पार्टीबाट सहभागी दुवै मन्त्रीले पदबाट राजीनामा दिएपछि पार्टी सरकारबाट विधिवत् रुपमा बाहिरिएको हो। पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मो इस्तियाक राई सरकारमा सहभागी थिए।

उपप्रधान तथा कानुन मन्त्री रहेका यादव र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

मंगलबार दुवै जनाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...