Saturday 18th April 2026

ट्रम्पको विरूद्धमा सांसदहरू बढ्दो, तल्लो सदनले महाभियोगको प्रस्ताव पारित गर्यो


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ। ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा भएको बहसपछि भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन्। ट्रम्प विरूद्धको महाभियोग सम्बन्धमा भएको मतदानमा मतदानमा महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन्। तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ। माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ। पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ। यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...