Wednesday 21st October 2026

भारतीय प्रधानमन्त्री मोदी सिँढीमा लडेको भिडियो भाईरल


तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी उनी लड्न पुगे।उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले हत्तपत्त उठाए।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।भिडिओमा मोदी सिँढी हतार हतारले चढेको देखिन्छ। चढेको केही पाइलामै उनी लड्न पुग्छन्।उक्त भिडिओ डिडी टेलिभिजन च्यानलबाट शनिबार दिउँसो साढे तीन बजे लाइभ गरेको थियो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...