Wednesday 17th June 2026

हिमाली जिल्लामा बाक्लो हिमपात, देशभर वर्षा, काठमाण्डाैं उपत्याकाका उच्च भेगमा समेत हिमपात


तितोपाटी – हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । ति जिल्लाहरूमा हवाइ सेवा तथा यातायात सेवाहरू अवरूद्ध भएका छन् । देशका विभिन्न जिल्ला डोल्पा, डडेल्धुरा, जुम्ला, मनाङ, मुस्ताङ,बाजुरा,बैतडी, रसुवा, दार्चुलालगायत क्षेत्रमा भारी हिमपातसँगै वर्षा भइरहेको छ।

काठमाडौं उपत्याकामा पनि हल्का वर्षा भइरहेको छ। उपत्याकामा वर्षासँगै चिसो बढेको छ। चिसोले यहाँको जनजीवन प्रभावित भएको छ। चन्द्रागिरिसहित उपत्यकाका अग्लो स्थानमा सामान्य हिमपातसमेत भएको छ । उपत्यकामा पानी र नजिकैका डाँडामा हिउँ परेसँगै जाडो बढेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...