Thursday 23rd May 2024

बंगलादेशको ढाका नजिक प्लास्टिक कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु


तितोपाटी – बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ। बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी सुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। एक जनाको घटनास्थलमै र ७ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिए। अधिकाँशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए।

बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ। यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए। सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो। यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ।
-एएफपी


सम्बन्धित शीर्षकहरु

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई…

एजेन्सी-अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध…

प्रतिकृयाहरू
...