Thursday 22nd October 2026

भारतले पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने


तितोपाटी – भारतले भारतले पाकस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने विधेयक बुधबार स्वीकृत गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस लगायतका विपक्षी दलहरूले धर्मका अाधारमा नागरिकता प्रदान गर्न नहुने भनेर विरोध गर्दा गर्दै पनि भारतीय संघीय मन्त्रिपरिषदले  नागरिकता (संशोधन) विधेयक पारित गरि पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान स्पष्टरूपमा समेटेको हो ।

प्रस्तावित विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ । केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्रीसहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...