Monday 9th February 2026

भारतले पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने


तितोपाटी – भारतले भारतले पाकस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने विधेयक बुधबार स्वीकृत गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस लगायतका विपक्षी दलहरूले धर्मका अाधारमा नागरिकता प्रदान गर्न नहुने भनेर विरोध गर्दा गर्दै पनि भारतीय संघीय मन्त्रिपरिषदले  नागरिकता (संशोधन) विधेयक पारित गरि पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान स्पष्टरूपमा समेटेको हो ।

प्रस्तावित विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ । केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्रीसहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

प्रतिकृयाहरू
...