Saturday 20th September 2025

सागमा नेपालको झण्डा कमलले बोक्ने


तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटनमा नेपाली खेलाडीहरुको मार्चपासमा राष्ट्रिय झण्डा भारोत्तोलनका ओलम्पियन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।

नेपाल ओलम्पिक कमिटि एनओसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने टुंगो लगाएको हो।१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ।यसअघि कमलसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न सिफारिस गरिएको थियो।अधिकारीले ईन्डोनेसियाको जकार्तामा भएको एशियाली खेलकुदमा पनि नेपालको झण्डा बोकेका थिए।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापालाई निर्णायकका तर्फबाट सागमा सपथ गराइने भएको छ। खेलाडीको सपथ भने तेक्वान्दोकी आयशा शाक्यले लिने भएकी छिन्।


सम्बन्धित शीर्षकहरु

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

प्रतिकृयाहरू
...