Monday 7th September 2026

स्वाधिनता र स्वाभिमानको निमित्त जनताले बिद्रोह गर्नुपर्ने:राजाराम बर्तौला


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिस्तारवाद र साम्राज्यवाद विरुद्ध हतियार उठाएर लड्नु पर्छ भनेर युबाहरुको जिबनमाथि खेलबाड गर्ने कम्युनिस्ट सत्तामा पुगेपछि रुप परिबर्तन भएको र आत्मसमर्पणवादीमा रुपान्तरण भएको बताएका छन् ।

मकवानपुरको बकैया गाउँ पालिकाको पार्टी कार्यक्रममा बोल्दै बर्तौलाले बर्तमान सरकारको भरमा मात्र सिमा रक्षा हुन सक्ने अबस्था नभएको भन्दै स्वाधिनता र स्वाभिमानको निमित्त जनताले बिद्रोहको तयारी गर्नुपर्नेमा जोड दिए । कालापानी र लिपुलेकको समस्या कुटनैतिक ढंगबाट समाधान गर्न परराष्ट्रमन्त्री दिल्ली जानुपर्नेमा अनावश्यक रुपमा अन्त अन्त कुद्नु नालायकीपन भएको दाबी गरे । “सरकार भगौडा जस्तो भयो, यसले स्वाधिनता जोगाउन सक्दैन,परराष्ट्रमन्त्रीको अहिलेको बिदेश भ्रमण आत्मसमर्पणबादको धोतक हो,उनी फर्किदा कालो झण्डा देखाउनुपर्छ” बर्तौलाले भने ।

राप्रपा सकियोस् भन्नेहरुको सपना पूरा नहुने भन्दै उनले राप्रपा आउदो चुनाबमा निर्णायक शक्ति बन्ने दाबी गरे । काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राप्रपा उदाउँछ उनको भनाई थियो । कार्यक्रममा पार्टीका नेताहरु गुरु प्रसाद सापकोटा , दामोदर वाग्ले,राजाराम अर्याल, बालकुमारी डल्लाकोटी, लक्ष्मी जिम्बा, धर्मध्वोज लो ,बिकास भोम्जन, विशाल कठायत लगायतले बोलेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...