Tuesday 4th August 2026

हिमानी ट्रष्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण


तितोपाटी- शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।
गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका पदाधिकारी र हिमानीका छोरा हृदयन्द्र शाहपनि उपस्थित थिए ।ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।कार्यक्रममा बलिउड नायिका मनिषा कोइराला पनि उपस्थित थिईन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानीले समेत रक्तदान गरेकी थिइन् ।पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...