Thursday 9th October 2025

परराष्ट्रमन्त्री ज्ञवाली आज रुस जाँदै


तितोपाटी-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा शनिबार (आज) रुस जाँदै छन्। ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसाे ४ बजेपछि रुस प्रस्थान गर्ने छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणकाक्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो।सन् २०११ मा तत्कालीन पररराष्ट्र मन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए। सन् १९९२ मा रुसका परराष्ट्रमन्त्री नेपाल आएका थिए। मन्त्री ज्ञवालीको भ्रमणका क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। रुसमा रहँदा मन्त्री ज्ञवालीले नेपाल-रुस सम्बन्धबारे त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्ने छन्। त्यस्तै मन्त्री ज्ञवाली मंसिर ११ गते सर्वियाको बेलग्रेड पुग्ने छन्।यही महिना नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ। सर्वियामा रहँदा उनले उपप्रधान तथा विदेश मन्त्रीसँग भेट गर्ने छन् भने उच्च तहमा शिष्टाचार भेटवार्ता गर्ने छन्।त्यस्तै लगानी र पर्यटन प्रवद्धनका लागि स्थानीय चेम्बर्स अफ कर्मसले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्। मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्। नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...