Wednesday 24th June 2026

विदेशबाट नेपाल फर्किएका युवाहरुले चिस्यान केन्द्र परियोजनामा लगानी गर्दै


तितोपाटी-वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्।

रिटर्नी समूहले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको लगानी रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ। परियोजनामा लगानी गर्ने सेयर सदस्यहररू छनाेट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ। उक्त परियोजना निर्माणका लागि कन्सेप्ट पेपर स्वीकृत भएकाे छ।

चालू आर्थिक वर्षमा सरकारको १ करोड ७५ लाख रुपैयाँ पनि स्वीकृत भएको भएकाे छ। परियोजना निमार्णका लागि आवश्यक छलफल भइरहेको रिटर्नी माइग्रेन्ट नेपालले जनाएको छ। परियोजनाका लागि मंसिर ७ गते सेयर सदस्यता खुला हुने छ।

साभार – नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...