Thursday 9th October 2025

श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा पुर्व रक्षा सचिब गोताबाया राजापाक्षे विजयी


श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व रक्षा सचिव गोताबाया राजापाक्षे विजयी भएका छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । सत्तारुढ दलको उम्मेद्वारलाई पराजित गर्दै सिन्हाली बौद्धमार्गी राजापाक्षे विजयी भएका हुन् । श्रीलंकामा सिन्हाली बौद्धमार्गीको वर्चश्व रहेको छ भने तामिल र मुसलमानहरु अल्पसंख्यकका रुपमा रहेका छन् ।

श्रीलंकाका मन्त्री सजिथ प्रेमादासाले एक विज्ञप्ती जारी गर्दै जनताको निर्णयलाई आफूहरुले कदर गर्ने बताएका छन् । गृहयुद्धका बेला रक्षामन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका राजापाक्षेका प्रवक्ता केहिलिया रामबुङ्कवेलाले यो जनताको जित भएको बताएका छन् । उनी विजयी भएको खबर बाहिर आएसँगै राजापाक्षेको घर अगाडि समर्थकहरुको ठूलो भिड जम्मा भएको छ ।

राजापाक्षेले निर्वाचित हुनका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको बताइएको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार शनिबार भएको मतदानमा कुल ८० प्रतिशत मत खसेको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...