Monday 6th July 2026

आलमलाई नख्खु कारागार ल्याइयो


तितोपाटी-अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ।

१२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
आलमलाई बिहान साढे ४ बजे ललितपुरस्थित नख्खु कारागार ल्याइपुर्‍याएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

आलमलाई जिल्लामै राख्दा खतरा हुने भएकाले गृह मन्त्रालयको आदेश अनुसार नख्खु ल्याइएको प्रहरीले जनाएको छ । अदालतले सुरक्षाको दृष्टिकोणले आलमलाई रौतहट कारागारमा राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोराको आदेश दिएको थियो।जिल्ला अदालतले आलमलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० अनुसार कारागार पठाउन आदेश दिएको हो। अदालतले जाहेरवाला, पीडित र साक्षीको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको छ।


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...