Friday 15th May 2026

प्यूठानमा बलेरो दुर्घटना, ३ जनाको मृत्यु


तितोपाटी – प्यूठानको स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीवार बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग १ च ५२४९ नम्बरको बोलेरो दुर्घटना हुँदा एकको घट्नास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका २ का ४० वर्षीय नजरी सुनार, सोहि ठाउँका २५ वर्षीया विना विक र उनका ७ वर्षीय छोरा आनन्द विक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

घाइते सवारी चालक माण्डवी गाउँपालिका ५ का अन्दाजी २३ वर्षीय बसन्त कुमालको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ । बोलेरो जिप तीन सय मिटर तल खोलामा खस्दा पूर्णरूपमा क्षति भएको छ ।

उता बिहिबार नै सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...