Thursday 22nd October 2026

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते


तितोपाटी – सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रा १ झ ४३२ नम्बरको जीप त्रिवेणी गाउँपालिका फलावाङ्गमा विहान साढे दश बजे दुर्घटना भएको हो । सल्यानको बडागाउँ नजिकै जीप दुर्घटना भएको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

उनीहरुको अञ्‍चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुने सबै त्रिवेणी गाउँपालिका- ४ फालाबाँगका स्थानीय हुन्। घाइतेको उपचार अञ्‍चल अस्पताल तुल्सीपुरमा भइरहेको छ। चालकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...