Monday 6th July 2026

नेपालको भूमि कालापानीमा भारतले सीमा मिचेकै होः प्रचण्ड


तिताेपाटी-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।
उनले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गरे ।

‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ अध्यक्ष दाहालले भने,‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’ अध्यक्ष दाहालले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने पनि पटकपटक दोहोर्याए ।

समितिको बैठकमा अध्यक्ष दाहालले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सो समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको पनि बताए ।

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...