Saturday 18th July 2026

भारतीय बाटो हुँदै अबैध रुपमा खाडी लैजान खोज्ने पक्राउ


तितोपाटी-नेपालगन्जको जमुनाह नाका हुँदै बिदेशी मुद्रासहित भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् ।

दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो । भारतीय प्रहरीले राईको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीकी एसआई सरिताका अनुसार सीमानाकामा रुपईडिहा प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँचका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । उनीहरुको जवाफमा चित्त नबुझेपछि एसएसबी क्याम्पमै लगेर थप सोधपुछ गर्दा दुबै महिलाले खाडी मुलुक जान लागेको बताएको जानकारी दिईन ।

उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको सुरक्षा अधिकारीको भनाई छ । कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन ।अधिकारीहरुका अनुसार राईविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।
साभार राजधानी डेली


सम्बन्धित शीर्षकहरु

शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो…

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

प्रतिकृयाहरू
...