Sunday 16th August 2026

साओमी कम्पनीद्वारा १०८ मेगापिक्सेलको क्यामेरा जडित मोवाइल सार्वजनिक


तितोपाटी – चिनियाँ प्रविधि कम्पनी साओमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले “अत्यधिक मात्रामा स्पष्ट तस्बिर” कैद गर्ने क्षमता राख्छ।

तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ। एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ। तर साओमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार साओमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो। युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ।

हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ। गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ। तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...