Thursday 22nd October 2026

किटानी जाहेरी पश्चात महरा विरूद्ध पक्राउ पुर्जी जारी


तितोपाटी –  प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डाैंले पक्राउ पुर्जी जारी गरेको छ ।संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी दर्ता गराएपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी थिइन् । एक हप्ता अगाडि घटेको घटनामा पीडितले नै पटक पटक मुखबोली फेरे पनि हिँजो शनिबार किटानी जाहेरी दिएपछि अदालतले आज पक्राउ गरी अनुसन्धान अगाडि बढाउन प्रहरीलाइ अनुमति दिएको हो ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। तर महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्।यो आदेशसँगै प्रहरीले महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानविन गर्ने बाटो खुलेको छ। अदालतबाट नियन्त्रण गर्ने अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई नियन्त्रणमा लिनेछ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

प्रतिकृयाहरू
...