Thursday 14th May 2026

किटानी जाहेरी पश्चात महरा विरूद्ध पक्राउ पुर्जी जारी


तितोपाटी –  प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डाैंले पक्राउ पुर्जी जारी गरेको छ ।संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी दर्ता गराएपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी थिइन् । एक हप्ता अगाडि घटेको घटनामा पीडितले नै पटक पटक मुखबोली फेरे पनि हिँजो शनिबार किटानी जाहेरी दिएपछि अदालतले आज पक्राउ गरी अनुसन्धान अगाडि बढाउन प्रहरीलाइ अनुमति दिएको हो ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। तर महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्।यो आदेशसँगै प्रहरीले महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानविन गर्ने बाटो खुलेको छ। अदालतबाट नियन्त्रण गर्ने अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई नियन्त्रणमा लिनेछ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...